close

खोटेहाङद्वारा ५५ करोड ४३ लाख बजेट प्रस्तुत

खोटेहाङद्वारा ५५ करोड ४३ लाख बजेट प्रस्तुत

Trulli
ADVERTISEMENT

खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि  ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले बुधबार चालुतर्फ १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ रु ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो । 

सशर्त अनुदानमा २८ करोड १०० रुपैयाँ, विशेष अनुदानमा दुई करोड ५० लाख, समपूरक अनुदानमा एक करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाका अन्य स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छ ।