close

दोहोरो अंकले बढ्यो सेयरबजार ​​​​​​

दोहोरो अंकले बढ्यो सेयरबजार ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । आज सेयर दोहोरो अंकले बढेको छ ।

साताको अन्तिम दिन ८.८७  अंकले गिरावट भएको सेयर बजार आइतबार दोहरो अंकले वृद्धि भएको हो  ।

यसदिन नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०५६.३५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.२१ अंकले बढेको छ भने इन्डेक्स ३.७३ अंक बढेको छ । 

आइतबार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढको छ ।