close

करोडौं बक्यौता नतिरेको भन्दै ३ स्थानीय तहमा विद्युत लाइन काटियो

करोडौं बक्यौता नतिरेको भन्दै ३ स्थानीय तहमा विद्युत लाइन काटियो

Trulli
ADVERTISEMENT

रौतहट- नेपाल विद्युत् प्राधिकरण तीन स्थानीय तहको लाइन काटेको छ । 

टावर लाइटको लाइन मिटरविना जडान गरेका र सडकबत्तीको पैसा तिर्न पटक पटक ताकेता गर्दासमेत वास्ता नगरेपछि प्राधिकरणले लाइन काट्न थालेको जनाएको छ । 

हालसम्म चन्द्रपुर नगरपालिकाको ३७ वटा, बृन्दावन नगरपालिकाको १७ वटा र गुजरा नगरपालिकाको सातवटा टावर लाइटको लाइन काटिसकिएको  नेपाल विद्युत् प्राधीकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ । 

प्राधिकरणले कातिक मसान्तभित्र सडकबत्ती/टावर लाइटबाट उठेको महसुल बुझाउन पालिकालाई सूचनामार्फत ताकेता गरेको थियो। दोस्रो पटक मंसिर ६ गते एक साताको समय दिए पनि महशुल नबुझाएपछि प्राधिकरणले लाइन काट्न थालेको हो । 

हरेक पालिकाहरूमा एक करोडभन्दा बढी विद्युत् महसुलको रकम बक्यौता रहेकोसमेत प्राधिकरणले जनाएको छ ।