close

प्रतितोला ८०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड

प्रतितोला ८०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड

Trulli
ADVERTISEMENT

काठमाडौं- आज एकैदिन तोलामा ८०० रुपैयाँ मूल्य वृद्धि हुँदा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढेसँगै आज तोलाको १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । चाँदीको मूल्य भने आज स्थिर रहेको महास‌ंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।