close

सुनको मूल्य २४ सयले घट्यो

सुनको मूल्य २४ सयले घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- अहिलेसम्मकै उच्च प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ ।

प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५०० रुपैयाँ झरेको महासंघले जनाएको छ ।