close

जनकपुरधामले उठायाे लक्ष्यभन्दा डेढ करोड बढी राजस्व

जनकपुरधामले उठायाे लक्ष्यभन्दा डेढ करोड बढी राजस्व

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । 

उपमहानगरपालिकाले गत आवको लक्ष्यभन्दा करिब सबा एक करोड रुपैँयाभन्दा बढी राजस्व संकलन गरेको हो । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख तथा प्रवक्ता परमेश्वर कुमार झाका अनुसार गत आवमा पालिकाले १५ करोड ५६ लाख ६ हजार ४०७ रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाले १४ करोड ३१ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । 

उपमहानगरपालिकाले लक्ष्यभन्दा एक करोड २५ लाख पाँच हजार ४०७ रुपैयाँ बढी राजस्व संकलन गरेको उनले पालिकाखबरलाई बताए । उपमहानगरपालिकामा पारदर्शितासहित काम भएकाले राजस्व संकलनमा बृद्धि भएको उनले सुनाए ।

पालिकाको क्षेत्रको आधारमा राजस्व संकलनको लक्ष्य प्रक्षेपण हुने उनले बताए । सोही प्रक्षेपण अनुसार पालिकाले बढी वा कम राजस्व संलकलन गरिने उनको ठम्याइ छ । 

उपमहानगरपालिकाले सम्पत्ति कर, बहाल कर, भूमी करबाट बढी राजस्व संकलन गरेको उनले बताए । उनका अनुसार उपमहानगरपालिकाले गत आवमा सम्पत्ति करबाट सबैभन्दा धेरै ३ करोड १८ लाख ६२ हजार रुपैयाँ, भूमी कर ६० लाख ३० हजार र बहाल कर ३ करोड ५० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।