close

इच्छाकामनाको १४औँ गाउँसभाबाट २ करोड ९० लाख रकमान्तर

इच्छाकामनाको १४औँ गाउँसभाबाट २ करोड ९० लाख रकमान्तर

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाउँपालिकाको १४औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । 

उपाध्यक्ष माया सिलवालले पेश गरेकी रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । उपाध्यक्ष सिलवालको प्रस्तावअनुसार  चालुखर्च तर्फ १ करोड ५४ लाख ८० हजार कटौती गरिएको छ भने भने ५९ लाख ८० हजार विभिन्न आयोजनामा थप गरिएको छ । पूँजीगत तर्फ भने विभिन्न आयोजनामा १ करोड ९० लाख ८० हजार कटौती गरिएको छ भने २ करोड ८५ लाख ८० हजार थप गरिएको छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार गाउँपालिकाले चालुतर्फ पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च १५ लाख घटाइएको छ । सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीको १० लाख, उद्धार राहत तथा पुर्नस्थापना खर्चको १० लाख, आर्थिक समृद्धिका लागि सामाजिक परिचालनबाट ७० लाख कटौती गरिएको गाउँपालिकाले जनाएको छ । शैक्षिक संस्थाहरुलाई सहायतामा १० लाख थप गरिएको छ । साथै अस्पताल स्वास्थ्यमा कम्प्यूटर, प्रिन्टर व्यवस्थापनका साथै इच्छाकामना आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा लागु गर्न ११ लाख थप गरिएको छ । 

पूँजीगत परामर्श खर्च १० लाख घटाइएको छ । यसैबिच चैवुङ–ढाप सडक स्तरोन्नति आरसिसि ढलानबाट १५ लाख, लामो झरनामा पर्यटन पूर्वाधार निर्माणबाट २५ लाख र पर्यटकिय क्षेत्रहरुमा पूर्वाधार निर्माणबाट १५ लाख घटाइएको छ ।

चालु आर्थिक बर्षमा योजना कार्यन्वयनको अवस्था तीब्र गतिमा अगाडी बढीरहेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधारका विभिन्न योजना कार्यन्वयनका गर्न उपभोक्ता समिति मार्फत हुन नसकेका र चालु प्रकृतिका अन्य समानLकरण अनुदान शीर्षकमा विनियोजन भएका कार्यक्रम तथा शिर्षकहरुबाट रकमानान्तर गर्ने गरी रकमान्तर तथा संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।