close

विद्यालय सञ्चालन गर्दै रोहिणी गाउँपालिका

विद्यालय सञ्चालन गर्दै रोहिणी गाउँपालिका

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि पालिकाभित्रका सबै विद्यालय खुलाउन निर्देशन दिएको छ । गाउँ शिक्षा समिति रोहिणीको २० कात्तिकमा बसेको बैठकले विद्यालयमा आवश्यक सतर्कता अपनाएर २३ कात्तिकदेखि अध्ययन सुचारु गर्न निर्देशन दिएको हो । 


बैठकले कोभिडका कारण प्रभावित पठनपाठनलाई अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा ल्याउन लागेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भइरहेको अवस्थामा सावधानी अपनाउँदै विद्यालय सञ्चालनको विकल्प नरहेको मोहम्मद खाँ बताउँछन् । 


‘अभिभावकले आफ्ना नानीबाबुहरूलाई अनिवार्य मास्क लगाएर विद्यालय पठाउनुपर्नेछ । सावधानी अपनाएर पढाइ सुरु गर्ने निर्णय नगरपालिकाले गरेपछि यसबार अभिभावकलाई जानकारीसमेत दिइसकेका छौं’, खाँले भने ।


मास्क नलगाई विद्यालय आए वा स्वास्थ्यमा समस्या देखिए त्यस्ता शिक्षक र विद्यार्थीलाई स्कुल हातामै प्रवेश नदिइने उनले जानकारी दिए । यस्तै, विद्यालयमा एउटै बेन्चमा दुई जना मात्र विद्यार्थी राखी सामाजिक दूरी कायम गरेर अध्ययन-अध्यापन गराउनुपर्नेछ । विद्यार्थीहरूको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने खाँले बताए । 


रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने यसरी अध्यापन गराउँदा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ निर्देशिका, २०७७ अनुसार नयाँ पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने बताउँछन् ।


‘पहिलो पटक गाउँपालिकाले विद्यालयमा स्यानिटाइजर व्यवस्था गर्ने र त्यसपछि विद्यालय आफैंले त्यसको व्यवस्थापन गर्नुपर्नेछ’, न्यौपानेले भने । रोहिणीमा १५ सामुदायिक, ११ संस्थागत विद्यालय र १२ धार्मिक मदरसा रहेका छन् ।