close

डडेल्धुराका ६ स्थानीय तहमा पठनपाठन सुरु

डडेल्धुराका ६ स्थानीय तहमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराका ६ स्थानीय तहले कोरोना महामारीका कारण बन्द भएका सामुदायिक विद्यालयमा स्वास्थ्य सावधानी अपनाएर पठनपाठन सुरु गरेका छन् ।


डडेल्धुराका ६ स्थानीय तहले कक्षा ११ र १२ को परीक्षा सम्पन्न गरेर नियमित पठनपाठन सुरु गरेका हुन् । नवदुर्गा गाउँपालिकाले भने आइतबारबाट मात्र विद्यालयमा पठनपाठन सुरु गर्ने भएको छ ।


क्वारेन्टाइन विद्यालयलाई निःसंक्रमित गरेर सरसफाइ गर्न र सावधानीका लागि पूर्वतयारि गर्नुपर्ने भएकाले पनि विद्यालय सञ्चालनमा ढिलाइ भएको नवदुर्गा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले बताए ।


जिल्लाका ६ स्थानीय तहका २ सय २० सामुदायिक विद्यालयमा अहिले पठनपाठन चलिरहेको छ । नवदुर्गाका २८ सामुदायिक विद्यालयमा भने आइतबारबाट मात्र पढाइ सुरु हुनेछ ।


‘क्वारेन्टाइन विद्यालयलाई निःसंक्रमित गरेर पठनपाठन सुरु भएको छ’, बैजनाथ माध्यमिक विद्यालय मौरडाका प्रधानाध्यापक मोहनसिंह धामीले भने ।


कक्षा ९ बिहान ८ देखि १२ बजेसम्म, बालविकासदेखि कक्षा ८ सम्म दिउँसो १२ः ३० देखि साँझ ४ः३० सम्म कक्षा नियमित सञ्चालन भएको भने अन्य विद्यालयले जोर बार जोर नम्बर र बिजोर बार बिजोर रोल नम्बर हुने विद्यार्थी बोलाएर कक्षा सञ्चालन गरिरहेका छन् ।


डडेल्धुरामा सबैभन्दा पहिले अजयमेरु गाउँपालिकाले विद्यालय सञ्चालन गरेको हो । अमरगढी नगरपालिका, आलिताल, परर्शुराम नगरपालिका, गन्यापधुरा र भागेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गरेका हुन् ।


‘हात धुने, मास्क लगाउने तथा सकेसम्म शिक्षक–विद्यार्थी सबैले सामाजिक दूरी कायम गरेर विद्यालयमा पठनपाठन सुरु गरिएको छ’, घटाल माध्यमिक विद्यालय नुवाकोट डडेल्धुराका शिक्षक गणेश साउदले भने ।