close

कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई दिवा खाजा

कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई दिवा खाजा

Trulli
ADVERTISEMENT

रामेछाप । सरकारले देशभरका सबै विद्यालयमा कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ । कक्षा ८ सम्म दिवा खाजा दिने लक्ष्यसहित कक्षा ६ सम्म सरकारले बजेटमार्फत् समेटेको हो । 

तर, उमाकुण्ड गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी र सबै शिक्षकहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई दिवा खाजा व्यवस्था गरिएको पालिका अध्यक्ष शेरबहादुर सुनुवारले पालिका खबरलाई बताए । 

'एउटै विद्यालयमा कोही हेर्ने कोही खाने भएपछि कक्षा ७ देखि माथिका विद्यार्थीहरू र शिक्षकलाई पालिकाले खर्च व्यहोर्ने गरी दिवा खजा कार्यक्रम नीति तथा कर्यक्रमा समेटेका छौं । ५/६ लाख खर्च हुने अनुमान छ । जति खर्च भए पनि गाउँपालिकाले व्यहोर्छ ।' उनले भने । उनका अनुसार उमाकुण्ड गाउँपालिकामा ४६ वटा विद्यालयमा करिब ६ हजार ५०० जना विद्यार्थी अध्ययनरत छन् । 

यसअघि बालबालिकाको सर्वाङ्गीण विकासका लागि नेपाल सरकारले बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको थियो । 

उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षाका लागि २ करोड ४३ लाख बजेट छुट्याएको छ । सोही बजेट मार्फत दिवा खाजा लगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।