close

भूकम्पपछि पूर्वीचौकीका विद्यालय बन्द

भूकम्पपछि पूर्वीचौकीका विद्यालय बन्द

Trulli
ADVERTISEMENT

डोटी । पूर्वीचौकी गाउँपालिकाका विद्यालयहरु भोलिदेखि अनिश्चितकालीन बन्द हुने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिका अन्तर्गतका सबै विद्यालय अनिश्चितकालीन बन्द गर्ने जानकारी दिएको हो । 

सूचना अनुसार गत कातिक २३ गतेदेखि निरन्तर गइरहेको भूकम्पले पालिकामा प्रत्यक्ष रुपमा जनधन क्षति हुनुका साथै विद्यालयमा समेत क्षति पुर्याएको छ । 

अर्को सूचना जारी नभएसम्म पालिकाको सबै विद्यालय बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ ।