close

नगरपालिकालाई विद्यार्थीको कृषि उत्पादन उपहार

नगरपालिकालाई विद्यार्थीको कृषि उत्पादन उपहार

Trulli
ADVERTISEMENT

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकालाई विद्यार्थीले कृषिजन्य उत्पादन उपहार दिएको छ । नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई भेटेर विद्यार्थीले उपहार दिएको हो । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी पालिकामा सञ्चालित श्री सिद्धि गणेश मावि का विद्यार्थीहरुले आफूले उत्पादन गरेका तरकारी उपजहरु वितरण गरेको नगरप्रमुख कार्कीले बताए । 

विद्यार्थीले कार्यक्रममा उपस्थित व्यक्तित्त्वहरुलाई च्याऊ,बन्दा, गोलभेडा, चम्सुर,साग, काउली लगायत तरकारीहरु प्याकेजिङ गरी उपहार प्रदान गरेको उनले बताए  । 

सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा उत्पादित वस्तुहरु उत्पादन गर्ने विद्यार्थीहरुलाई नगरप्रमुखले सम्मान गरेको उनले जानकारी दिए । आगामी दिनहरुमा कृषि , बागवानीको उदाहरणीय विद्यालय कायम गर्न नगरले सक्दो पहल गर्ने उनको भनाइ छ ।