close

गौरका विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु

गौरका विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु

Trulli
ADVERTISEMENT

 रौतहट । गौर नगरपालिकाको श्री जुद्व माध्यमिक विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु गरिएको छ ।  बुधबार एक समारोहमार्फत नगरप्रमुख शम्भु साहले साेकाे उद्घाटन गरेसँगै प्रविधिमाफर्त अध्यापन सुरु गरिएको हो । 

आधुनिक प्रविधिमार्फत अध्यापन गराउनका लागि जर्मनबाट आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।  गत माघ १८ गते विद्यालयको वार्षिकोत्सबमा आयोजित कार्यक्रममा नगरप्रमुख साहले सोका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

नगरप्रमुख  साहले नगरको शिक्षाको गुणस्तर सुधार, नगरभित्रका बालबालिको उज्वल भविष्यको लागि पालिकाले आवश्यक नीति, कार्यक्रम तथा योजना बनाएको बताए । उनले हाल सो प्रविधि एसईई तयारीका विद्यार्थीका लागि मात्रै प्रयोग हुने भएतापनि क्रमश अन्य विद्यार्थीमा पनि लागू गरिने विश्वास व्यक्त गरे । 

उनले विद्यार्थीलाई अध्ययनमा रुची बढाउनुका साथै पढ्न सहज गराउनका लागि आधुनिक प्रविधिको प्रयोगमा ल्याएको बताए । नगरप्रमुख साहले  शिक्षाको सुधारका लागि गरेको कार्यप्रति शिक्षकले खुलेर प्रशंसा गरेका छन् । 

पूर्व शिक्षक विजयकुमार साहले पछिल्लो समय नगरभित्रको शिक्षाको सुधारको लागि पालिकाले विभिन्न योजना अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।