close

सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल

सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतलाई छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सो अपिल गरेको हो ।

नगरपालिकामा कार्यरत सरकारी कर्मचारी, जनप्रतिनिधि, विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए। 

भानु नगरपालिकाको गत २४ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि यो निर्णय कार्यान्वयन गरिने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए।