close

चन्द्रागिरीका छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

चन्द्रागिरीका छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

Trulli
ADVERTISEMENT

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले छोरी बुहारीलाई छात्रवृत्ति दिने भएको छ । नगरपालिकाले छोरी बुहारीको उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण गर्न लागेको हो । 

नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीका अनुसार पालिकाभित्रका छोरी र बुहारीलाई उच्च शिक्षा हासिल गराउने उद्देश्यले छात्रवृत्ति वितरण गर्न लागेको हो।  कार्यक्रमको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । 

आर्थिक अभावको कारणले गर्दा पालिकाभित्रका छोरी र बुहारीले उच्च शिक्षा अध्ययन गर्न नपाएको उनले बताए । सो समस्याको समाधान गर्नको लागि चन्द्रागिरी नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरेको उनले बताए । 

गरिब, सिमान्तकृत, लोपोन्मुख, दलित, जेहेन्दार समुदायका व्यक्तिलाई विभिन्न संकाय अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । कक्षा १२ उत्तीर्ण गरिसकेका महिलालाई थप उच्च शिक्षा अध्ययन गर्नको लागि आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गर्न लागेको उनले बताए । 

नगरपालिकाले आवश्यकताको आधारमा आगामी वर्षमा पनि सो कार्यक्रमको लागि बजेट विनियोजन गरिने बताए ।