close

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन

जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन

Trulli
ADVERTISEMENT

दार्चुला । दुहुँ गाउँपालिकाले आफ्नो सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन गरेको छ । बैशाख ४ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले सो निर्देशन दिएको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, पालिकाभित्रका जनप्रतिनिधि, सरकारी कर्मचारीका सन्तानलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर धामीको अनुसार पालिकाभित्रको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नको लागि सो निर्देशन दिएको हो । सरकारले सामुदायिक विद्यालयको शिक्षा उकास्नको लागि लगानी गरेपनि प्रतिफल नआएको सो सूचनामा उल्लेख गरिएको छ । 

सूचनाको अनुसार सामुदायिक विद्यालयमा कर्मचारी र जनप्रतिनिधिमा आपन्त्व बनाउनका लागि पालिकाले सो निर्णय गरेको हो । अभिभावकको विश्वास बढाउनका लागि पालिकाले सो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।