close

सामुदायिक विद्यालयमा निःशुल्क भर्ना गर्न बर्दगोरियाको निर्देशन

सामुदायिक विद्यालयमा निःशुल्क भर्ना गर्न बर्दगोरियाको निर्देशन

Trulli
ADVERTISEMENT

कैलाली । बर्दगोरिया गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि निःशुल्क शिक्षा दिन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिन निर्देशन दिएको हो । 

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरका अनुसार नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेपनि सामुदायिक विद्यालयले विभिन्न विषयमा शुल्क लिने गरेको बताए । सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्दा विभिन्न विषयमा शुल्क लिने गरेकोले आर्थिक रुपमा विपन्न परिवारका सदस्यले शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आएको बताए । 

सो समस्याको अन्त्य गरी पालिकाभित्रका विद्यालय उमेरका सबै नानीलाई पढ्न सक्ने वातावरणको विकास गर्नको लागि गाउँपालिकाले सो निर्देशन दिएको उनले पालिकाखबरलाई बताए । उनले गाउँपालिकाले सो निर्देशन दिएसँगै सामुदायिक विद्यालयमा भर्ना गर्न कुनै शुल्क लिन नपाइने बताए । 

उनका अनुसार पालिकाभित्र १७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । आर्थिक विपन्नताले गर्दा विद्यालय भर्ना हुने विद्यार्थीको संख्या कमी भएको उनले बताए । 

पालिकाले सो निर्णय गरेसँगै विद्यार्थीको संख्यामा बृद्धि हुने उनको विश्वास छ ।