close

विद्यालयमा शुल्क बढाउन नगरपालिकासँग पूर्व स्वीकृती लिनुपर्ने

विद्यालयमा शुल्क बढाउन नगरपालिकासँग पूर्व स्वीकृती लिनुपर्ने

Trulli
ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिकाले विद्यालयको शुल्क नबढाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित निजी विद्यालयमा शुल्क नबढाउन निर्देशन दिएको हो । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको अनुसार विगतका शैक्षिक सत्रमा विद्यालयले मनपरी शुल्क बढाउने गरेको गुनासो आएपछि हाल सो निर्देशन दिएको हो । उनका अनुसार विद्यालयले शुल्क बढाउनु परेमा नगरपालिकासँग पूर्व स्वीकृती लिनुपर्ने छ। 

उनले पालिकाभित्रको निजी विद्यालयको मनपरीतन्त्र रोक्नका लागि पालिकाले सो निर्णय गरेको बताए । उनका अनुसार विद्यालयलाई गत वर्षभन्दा शुल्क वृद्धि गर्न नपाउने र पाठ्यपुस्तक पनि परिवर्तन गर्न नपाउने निर्देशन दिएको छ । यदि शुल्क बढाउन पर्ने र पाठ्यपुस्तक परिवर्तन गर्न पर्ने भए नगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।