close

यसरी 'शैक्षिक हब' बन्दै छ, भक्तपुर

शिक्षकसँग आर्थिक संकलनदेखि सहयाेगसम्म

यसरी 'शैक्षिक हब' बन्दै छ, भक्तपुर

शिक्षकसँग आर्थिक संकलनदेखि सहयाेगसम्म

Trulli
ADVERTISEMENT

भक्तपुर । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएसँगै आधारभूत तहदेखि माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा आयो । भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रको शैक्षिक स्थितिलाई सहज रूपमा अगाडि बढाउन सबैभन्दा पहिले भक्तपुर नगरपालिका शिक्षा ऐन, २०७४ राजपत्रमा प्रकाशित ग¥यो र सोहीअनुसार अगाडि बढ्यो ।

नगरपालिकामा सामुदायिक ३६,  संस्थागत र गुठीमा सञ्चालित ५७ गरी ९३ वटा विद्यालय सञ्चालनमा छन्। साथै किण्डरगार्डेन ४, खुला (आधारभूत १ र माध्यमिक १) र प्राविधिक धारतर्फ २ ओटा शैक्षिक संस्थाहरु सञ्चालित छन् । तीमध्ये किण्डरगार्डेन (पूर्व प्राथमिक विद्यालय) ४ वटा, कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालय १९ वटा छन् । त्यस्तै, कक्षा ६ देखि ८ सञ्चालन हुने विद्यालय १४ वटा छन् भने कक्षा ९ देखि १० सञ्चालन हुने माध्यमिक विद्यालय ५२ वटा छन् । नगरपालिकाभित्र हालसम्म १० वटा विद्यालयमा कक्षा ११ र १२ अध्यापन भइरहेको छ ।

नगरपालिकाभित्रका विद्यालयको वडागत तथ्याङ्कलाई प्रस्तुत गर्दा क्रमश वडा नम्बर १ मा १४ वटा (सामुदायिक ३ र संस्थागत ११), २ मा  ११ वटा (सामुदायिक ४, संस्थागत ६ र किण्डरगार्टेन १), ३ मा ९ वटा (सामुदायिक ६, संस्थागत २ र प्राविधिक १), ४ मा ११ वटा (सामुदायिक ३ र संस्थागत ८), ५ मा ७ वटा (सामुदायिक ५ र संस्थागत २) विद्यालयहरू सञ्चालनमा रहेका छन् ।

त्यसैगरी ६ मा ६ वटा (सामुदयिक १, संस्थागत ४ र किण्डरगार्टेन १), ७ मा ७ वटा (सामुदायिक ३ र संस्थागत ४), ८ मा १० वटा (सामुदायिक ४, संस्थागत ४ र किण्डरगार्टेन १), ९ मा ७ वटा (सामुदायिक ४, संस्थागत १, खुला १ र किण्डरगार्टेन १) र १० मा १८ वटा (सामुदायिक २, संस्थागत १५ र किण्डरगार्टेन १) गरी सामुदायिक, संस्थागत, प्राविधिक, खुला र किण्डरगार्डेन गरी जम्मा १०८ विद्यालय शैक्षिक संस्था सञ्चालित छन् । 

नगरपालिकाले शैक्षिक सत्र ०७९/०८० को लागि कक्षा ११/१२  मा अध्ययरत १२० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

नगरपालिकाले शैक्षिक सत्र ०७९र०८० को लागि कक्षा ११र१२ मा अध्ययरत १२० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जसमध्ये ख्वप माध्यमिक विद्यालयमा ७० जना (विज्ञान संकायमा २८ जना, व्यवस्थापन संकायमा ३३ जना, मानविकी संकायमा तीन जना, शिक्षा संकायमा दुई जना र कानुन संकायमा चार जना), वागीश्वरी माध्यमिक विद्यालयमा ३६ जना (विज्ञान संकायमा सात जना, व्यवस्थापन संकायमा २२ जना, मानविकी संकायमा  सात जना र शिक्षा संकायमा एक जना), बासु माध्यमिक विद्यालयमा ९ जना (विज्ञान संकायमा तीन जना, व्यवस्थापन संकायमा चार जना र शिक्षा संकायमा दुई जना), आदर्श आजाद माविमा व्यवस्थापन संकायमा चार जना र पद्म माध्यमिक विद्यालयमा शिक्षा संकायमा एक जना छनौट भएका थिए । सो छात्रवृत्ति कार्यक्रमका लागि  ५ सय ९५ जना विद्यार्थीले आवेदन फाराम भरेका थिए ।

 सामुदायिक विद्यालयको भौतिक सुधार तथा शैक्षिक विकासका लागि समय/समयमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी आर्थिक सहयोग गर्दै आएको छ । नगरभित्र सञ्चालित ३६ वटा विद्यालयको आधारभूत बाल विकास केन्द्र (इसीडी)को स्तरोन्नतिका लागि प्रति विद्यालय एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसले विद्यालयहरूको बाल विकास केन्द्रमा सुधार आएको छ । त्यसका साथै सामुदायिक विद्यालयको भौतिक सुधारअन्तर्गतका विभिन्न क्षेत्रको सुधारका लागि पनि नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी आर्थिक सहयोग हुँदै आएको छ ।

 भक्तपुरलाई 'ज्ञान विज्ञानको केन्द्र' बनाउने उद्देश्य र 'साँस्कृतिक नगर' घोषणा गराउन सक्रिय रूपमा लागिरहेको छ । विद्यार्थीहरूको सक्रियतालाई ध्यानमा राखी विज्ञान प्रदर्शनी गर्दै आएकाे छ। सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकलाई छुट्टाछुट्टै र संयुक्त रूपमा भेला तथा बैठक आयोजना गरी सुझाव संकलन गर्दै आएको छ । सो कार्यले विद्यालयमा देखिएका कमी/कमजोरीलाई हटाएर सुधार गर्न सहयोग पुगेको छ ।

 साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रतिनिधिको समेत भेला गर्दै आएको छ । सम्पदा संरक्षणलाई ध्यानमा राखी 'एक विद्यालय एक सम्पदा' कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विद्यालयले आफ्नो क्षेत्रभित्र रहेका साँस्कृतिक सम्पदाको सरसफाई, संरक्षण गर्न आफ्ना विद्यार्थीहरूलाई क्रियाशील गर्दै आएको सकारात्मक पक्ष हो ।

 शैक्षिक क्षेत्रसँगै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापलाई  ध्यानमा राखी हरेक वर्ष  नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । शैक्षिक वर्ष २०७९ को पुस ५–९ सम्म विभिन्न १४ वटा खेलमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ७९ वटा विद्यालयबाट २७०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागी सम्पूर्ण विद्यालयहरुलाई  खेलकूद सामग्री वितरण गरिएको थियो ।

विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, सम्पदा, व्यक्तित्व, खेललगायतको विषयबारे जानकारी दिने उद्देश्यका नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, सम्पदा, व्यक्तित्व, खेललगायतको विषयबारे जानकारी दिने उद्देश्यका नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउँदै आएको छ । स्थानीय पाठ्यक्रम अध्यापनको लागि सन्दर्भसामग्री भाग १ देखि ३ सम्म प्रकाशन गरी सम्पूर्ण विद्यालयहरूमा वितरण गरेको छ । 

साथै विद्यालयहरूको विविध गतिविधि, परीक्षा, विदालगायतका विषयमा एकरूपता ल्याउन हरेक वर्ष शैक्षिक पात्रो प्रकाशन गरेको छ । शैक्षिक पात्रो अभिलेखको रूपमा राख्न सकिने गरी पात्रोमा हरेक वर्ष सम्पदा क्षेत्रका तस्वीर, शैक्षिक क्षेत्रका विभिन्न महत्वपूर्ण सम्पर्क नम्बर, वेभसाइट, शैक्षिक विषयवस्तुलगायत समावेश गरेर प्रकाशन गरेको छ । विभिन्न कार्यक्रमको ¥याली, सचेतना ¥याली, सन्ध्याकालीन पदयात्रा, सरसफाई कार्यक्रमलगायत अन्य गतिविधिमा नगरभित्रका विद्यालयहरू सहभागिता पनि महत्वपूर्ण रहेको छ । 

कोरोना महामारीबाट भक्तपुर नगरपालिकाकाे सामाजिक सञ्जालबाटपनि अछुटो रहन सकेन । कोरोनाको महामारीले विद्यालयको पठनपाठन प्रभावित भई विद्यार्थीहरू आआफ्नो घरमै बसेर स्वअध्ययन र अभ्यास गराएको थियो । सोका लागि सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मको सबै विषयको कार्यशाला गरी अभ्यास पुस्तिका निर्माण गरी सम्पूर्ण तथा वितरण गरिएको थियो । 

कोभिडको महामारी फैलिरहेको समयमा विरामीहरू अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य थिए । नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि पालिकाको अनुरोधमा शैक्षिक क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीहरूले स्वैच्छिक रूपमा आर्थिक सहयोगसमेत गरेका थिए ।  प्लान्ट जडानका लागि शिक्षक र कर्मचारीबाट  २३ लाख ७६ हजार २ साय ३७ रूपैयाँ ७९ पैसा सहयोग प्राप्त भएको थियो । 

 ४२ जना बाल विकास सहजकर्ता (इसीडी)को लागि नेपाल सरकारबाट उपलब्ध गराउने न्यूनतम तलबमा नगरपालिकाको अन्तरिक स्रोतबाट व्यहोर्ने गरी मासिक ५००० रुपैयाँ थप गरेर मासिक पन्ध्र हजार निकासा गर्दै आएको छ ।  शिक्षक कर्मचारीको व्यक्तित्व विकासका लागि  पाठ्यपुस्तक अभिमुखीकरण, पाठ्यक्रम तालिम सञ्चालन गर्दै आएको छ । 

साथै विद्यार्थीहरूको शैक्षिकस्तर उकास्न शैक्षिक वर्ष ०७८ देखि कक्षा ५ को वार्षिक परीक्षा र ०७९ देखि कक्षा १० को 'एसईई तयारी परीक्षा' नगरपालिकाले नै सञ्चालन गर्दै आएको छ ।

साथै विद्यार्थीहरूको शैक्षिकस्तर उकास्न शैक्षिक वर्ष ०७८ देखि कक्षा ५ को वार्षिक परीक्षा र ०७९ देखि कक्षा १० को 'एसईई तयारी परीक्षा' नगरपालिकाले नै सञ्चालन गर्दै आएको छ । देश संघीयतामा प्रवेशसँगै शिक्षा क्षेत्र स्थानीय तहमा आइसकेपछि भक्तपुर नगरपालिकाले २०७४ सालदेखि नै कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सञ्चालन गरेको परीक्षाले विद्यार्थीको शैक्षिकस्तरमा प्रगति भएको र यसलाई निरन्तरता दिनुपर्ने सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई सशर्त बजेटबाट प्रति विद्यार्थी दैनिक १५ रूपैयाँले १ सय ८० दिनको लागि उपलब्ध गराउँदै आएको छ । विद्यार्थीको स्वास्थ्य र पोषणलाई ध्यानमा राखी  वैशाखदेखि असारसम्मको नपुग दिवा खाजाको रकम नगरपालिकाले व्यहोर्दै आएको छ । साथै विद्यालयको भौतिक तथा प्राविधिक पक्षको नियमित अनुगमन गरी आवश्यक सल्लाह, सुझाब दिने कार्य पनि भइरहेको छ ।

(भक्तपुर नगरपालिकाको आधिकारिक फेसबुक पेज (भक्तपुर म्युनिसिप्यालिटी) मा शिक्षा शाखा प्रमुख कर्माचार्यद्धारा लिखित लेखकोे सम्पादित अंश)