close

बुढीनन्दाका विद्यार्थीलाई निशुल्क शिक्षा

बुढीनन्दाका विद्यार्थीलाई निशुल्क शिक्षा

Trulli
ADVERTISEMENT

बाजुरा– बुढीनन्दा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन निशुल्क शिक्षा दिदै आएको छ । नगरपालिकाले विद्यार्थीको शैक्षिक सुधारको लागि भर्ना र ट्युसन निशुल्क गरेको हो ।

गाउँपालिकाले शैक्षिक गुणस्तरीय सुधार गर्नका लागि १२ कक्षासम्म ट्युसन र भर्ना नि:शुल्क गरेको शिक्षा शाखा प्रमुख दयाराम जैसीले पालिकाखबरलाई जानकारी दिए ।  गाउँपालिकाले सरकारबाट तोकिएको एसईईको फर्मबाहेक भर्ना शुल्क, ट्युसन फि नलिएर  निशुल्क विद्यार्थी पढाउँदै आएको उनले बताए ।

उनका अनुसार गाउँपालिकाले स्थानीय पाठ्यक्रममा 'हाम्रो बुढीनन्दा' निर्माण गरी लागू गरेेकाे छ । 'स्थानीय धर्म, संस्कृति, कला रीतिरीवाज, चालचलन, भेषभूषा साथै पर्यटकीय क्षेत्र, भूभाग, राजनीति, आर्थिक अवस्थालगायतका सबै कुरा समेटिएकाे स्थानीय पाठ्यक्रम चालू आर्थिक वर्षमा लागू गरेका छौँ,' उनले बताए । नगरपालिकाले सबै विद्यालयमा सफ्ट कपी पुगिसकेको उनले जानकारी दिए ।

'दुर्गम ठाउँ भएकाले यो क्षेत्रमा शिक्षक अभाव भएका छन् । नगरपालिकाले शिक्षक अभाव नहोस भनेर स्वयम सेवक दरबन्दी भनेर ६० जना नगर दरवन्दी शिक्षक राखेको छ । न्युनतम तलबमा शिक्षक राखेर पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ,' उनले भने । 

नगरपालिकाले शिक्षा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, कोभिड १९ मा शैक्षिक क्षति भयो भनेर विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरेर उपचारात्मक शिक्षा दिने गरेको उनकाे भनाइ छ । 'विद्यालय समयभन्दा अघि र पछि गरेर गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले कक्षाहरु सञ्चान गरिरहेकाछाैँ,' जैसीले भने । नगरपालिकाले चालूआर्थिक वर्षमा शिक्षाको लागि लगभग ५ करोड वजेट विनियोजन गरेको उनले बताए ।