close

स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

Trulli
ADVERTISEMENT

सर्लाही- हरिपुर नगरपालिका–८ जुटपानीमा स्कुल बसले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । 

लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८ का वीरेन्द्र पासवानका छोरा आदित्य पासवानको ज्यान गएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका आदित्यको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।