close

पञ्चकन्याको कक्षा २ र ४ मा एक/एक जना विद्यार्थी

पञ्चकन्याको कक्षा २ र ४ मा एक/एक जना विद्यार्थी

Trulli
ADVERTISEMENT

खोटाङ- रावाबेसी गाउँपालिका-२ खार्पा रुभुङमा बोर्डिङप्रतिको आकर्षणले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरू पाउनै मुस्किल छ । रावाबेसी-२ का वडाध्यक्ष डोलराज बस्नेतकाअनुसार ६० घर परिवार भए पनि गाउँकै सामुदायिक विद्यालयमा जम्मा १५ जना विद्यार्थी अध्ययनरत छन् । 

वडाध्यक्ष बस्नेतले पालिकाखबरसँग भने,‘गाउँमा बोर्डिङप्रतिको आकर्षणका कारण गाउँ नजिकै रहेको नुनथलाको बोर्डिङमा पढाउने हुँदा गाउँको विद्यालय विद्यार्थी न्यून छन् ।’  उनका अनुसार सक्नेले बोर्डिङमा पढाएका हुँदा ती विद्यार्थीहरू प्राय: विपन्न परिवारका हुन् ।

२०३१ सालमा स्थापना भएको पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा १ मा ६ जना, कक्षा २ मा १ जना, कक्षा ३ मा ४ जना, कक्षा ४ मा १ जना र कक्षा ५ मा ३ जना विद्यार्थी अध्ययनरत छन्‌ । विद्यालयको कक्षा ४ मा कुनै पनि विद्यार्थी थिएनन्‌ । एक जना विद्यार्थी आफन्तकोमा बसेर भर्ना भएका कारण विद्यार्थीविहीन कक्षा हुनबाट जोगिएको विद्यालयले जनाएको छ । 

पञ्चकन्या आधारभूत विद्यालयमा दुई वटा शिक्षक दरबन्दी छन्‌ । एक जना कार्यालय सहयोगी र निजी गरी विद्यालयमा ४ जना शिक्षक कार्यरत छन् । कार्यालय सहयोगीले समेत अध्यपन गर्दै आएको वडाध्यक्ष बस्नेतको भनाइ छ । 

भौगोलिक रुपमा पञ्चकन्य आधारभुत विद्यालय रहेको रुभुङमा आसपासका गाउँबाट आवतजावत गर्न कठिन भएको कारण  विद्यालय 'मर्ज' गर्ने अवस्था पनि नभएको वडाध्यक्ष बस्नेत बताउँछन् ।