close

धरानका शिक्षक विद्यार्थीको घरघरमा

धरानका शिक्षक विद्यार्थीको घरघरमा

Trulli
ADVERTISEMENT

धरान- विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् ।

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो । दसैँ–तिहारलगायत अन्य विभिन्न खाले बिदाको समयलाई सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियानको सुरु गरेको हो ।

विद्यालयका ६० शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घरघरमा पुगेर अभिभावकसँग अन्तरक्रिया गरेका छन् । शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीका पारिवारिक अवस्था, विद्यालय र विद्यार्थीको घरको दुरीलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई सुधार गर्नको लागि अभिभावकसँग राय सङ्कलन गरेका छन् ।