close

जानकीमा पहिलो पटक कक्षा ११ को पढाइ हुँदै

जानकीमा पहिलो पटक कक्षा ११ को पढाइ हुँदै

Trulli
ADVERTISEMENT

बाँके- जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । 

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार १३ विद्यार्थी भर्ना भए पनि ८ जनामात्र नियमितरुपमा अध्ययन गरिरहेका छन् । पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए । 

“हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास गर्‍यौँ तर अहिले बल्ल सफल भएका छौं”, प्रधानाध्यापक आर्चायले भने । 
जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई मासिक ४० हजार तलब दिने गरिएको छ । चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ । 

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएको र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताए ।