close

गोदावरीमा 'एक विद्यालय, एक नर्स' कार्यक्रम लागू

गोदावरीमा 'एक विद्यालय, एक नर्स' कार्यक्रम लागू

Trulli
ADVERTISEMENT

कैलाली– गोदावरी नगरपालिकाले 'एक विद्यालय, एक नर्स' कार्यक्रम चालु आर्थिक वर्षबाट लागू गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम लागु गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार नगरपालिका अन्तर्गतका १२ वटा वडाका सामुदायिक विद्यालयका लागि एक जना नर्स रहने गरी १६ जना स्वास्थ्यकर्मी खटाइएको छ । 

स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाका बारेमा अध्यापन गराउने  उनले पालिकाखबरलाई सुनाए।  साथै कक्षा ७ भन्दामाथिका विद्यार्थीलाई यस कार्यक्रममा समेटिएको उनको भनाइ छ । 

उनका अनुसार एक विद्यालय, एक नर्स कार्यक्रमले नसर्ने रोगहरुको समस्यालाई दिगो रुपले सम्बोधन गर्ने र स्वास्थ्य सम्बन्धी जानकारी विद्यालय स्तरमै प्रदान गरी स्वस्थ समाज निमार्णमा टेवा पुग्ने विश्वास रहेको छ । नगरपालिकाले मंसिर अन्तिमदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।