close

‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक सार्वजनिक

‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक सार्वजनिक

Trulli
ADVERTISEMENT

बाँके - कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ निर्माण गरेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम अनुरुप कक्षा एक देखि पाँचसम्मको पाठ्यपुस्तक निर्माण गरेको हो । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअनुरुप पाठ्यपुस्तक निर्माण गरेको हो । पालिकाले निर्माण गरेको पाठ्यपुस्तक सोमबार एक कार्यक्रमको आयोजना गरी विमोचनसमेत गरेको छ । 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाकी अधिकृत शिला गौतमका अनुसार पालिकाले गत  आवमा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरी लागू गरि सकेको छ । सोही पाठ्यक्रम अनुरुप चालु आवमा कक्षा ५ सम्म र आगामी वर्षमा कक्षा ८ सम्मको पाठ्यपुस्तक निर्माण गरिने उनले पालिकाखबरलाई बताइन् । 

पाठ्यपुस्तकमा ७ वटा पाठ रहेको उनले बताइन् । उनका अनुसार पाठ्यपुस्तकमा कोहलपुरको परिचय, विकासको पूर्वाधार, पेशा व्यवसाय र प्रविधि, विपद् व्यवस्थापन, हाम्रो वातावरण, खुसीको शिक्षा र जीवन उपयोगी सीप र हाम्रो सम्पदा र संस्कृती रहेको छ । 

‘कक्षा १ देखि ८ सम्म एउटै पाठ शिर्षक छ । कक्षा अनुसार पाठलाई विस्तृत र फराकिलो बनाइएको छ,’ उनले भनिन्, ‘कक्षा अनुसार विद्यार्थीको क्षमता बढी हुने भएकाले परिस्कृत गर्दै लगेको हो ।’

 पुस्तकले स्थानीय भाषा, कला संस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सिर्जना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तरिका समेत सिकाउने उनले सुनाइन् ।