close

विपन्न परिवारका २३ चेपाङ विद्यार्थीहरूलाई छात्रावास सुविधा

विपन्न परिवारका २३ चेपाङ विद्यार्थीहरूलाई छात्रावास सुविधा

Trulli
ADVERTISEMENT

चितवन- गीता चेपाङ इच्छाकामना–२ स्थित राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ६ मा पढ्छिन् । बुबाको निधन र आमाले दोस्रो विवाह गरेको कारण सहाराविहीन बनेकी गीता चेपाङले हाल छात्रावासमा बसेर पढ्न पाएकी हुन् । हाल इच्छाकामना-२ मा सञ्चालित छात्रावासमा बसेर पढ्न पाएपछि शिक्षाबाट बञ्चित हुनु परेको छैन । त्यस्तै उनको पढाइ पनि राम्रो रहेको विद्यालयले जनाएको छ । 

इच्छाकामना गाउँपालकालि-२ स्थित सो छात्रावासमा बस्ने मौका पाएकै कारण उनीजस्ता अति विपन्न र अभिभावकविहीन चेपाङ समुदायका २३ विद्यार्थीहरूले पढ्न पाएका छन् । वडा कार्यालयले २०७५ सालमा सो छात्रावासको सुरुवात गरेको वडा्धयक्ष पञ्च बहादुर प्रजाले बताए । 

इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत ११३ जना विद्यार्थीहरूमध्ये सो छात्रावासमा २३ चेपाङ बालबालिका बस्छन् ।  इच्छाकामना-२ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालयकी प्रधानाध्यपक कमला भण्डारीले बताइन् । प्राधानाध्यपक वडाबाट प्राप्त बजेट न्यून भएको हुँदा विद्यालयले दातासँग हात फैलाउनु परेको छ । दाताहरूको सहयोगमा दाल, तरकारी र चामलको व्यवस्थापन भइरहेको प्रधानाध्यपक भण्डारीले बताइन् । 

“बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराइरहेका छौँ”, वडाध्यक्ष प्रजाले भने, “नजिकै रहेको विद्यालयमा उनीहरूले राम्रोसँग पढ्न पाएका छन् ।” वडा नं २ का अध्यक्ष पञ्चबहादुर प्रजाकै प्रयासमा यहाँ छात्रावास सञ्चालनमा आएको हो । 

कक्षा ८ सम्मका बालबालिकाका लागि वडाले बर्सेनि ५ लाख विनियोजन गर्दै आएको उनले बताउनुभयो । अभिभावक नभएका टुहुरा बालबालिकाको अभिभावकत्व लिने उद्देश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरिँदै आएको उनले बताए ।