close

शहिदभूमीमा लोकसेवाको तयारी कक्षा सुरु

शहिदभूमीमा लोकसेवाको तयारी कक्षा सुरु

Trulli
ADVERTISEMENT

धनकुटा - शहिदभूमी गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउन थालेको छ । गाउँपालिकाले पालिकाको सभाहलमा मंगलबारदेखि तयारी कक्षा पढाउन सुरु गरेको हो । 

गाउँपालिकाकी उपाध्यक्ष रत्नश्वरी राईका अनुसार पालिकाले लोकसेवा तयारी गर्ने स्थानीय बासिन्दाको सहजताको लागि कक्षा सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ३५ जना स्थानीय बासिन्दालाई सो कक्षा सञ्चालन गर्ने उनले पालिकाखबरलाई सुनाइन् । 

गाउँपालिकाले भक्तपुरको भजिन सेन्चुरी इस्टिच्यूटको प्रालिको प्राविधिक सहयोगमा सो कक्षा सञ्चालन गरेको उनले जानकारी दिइन् । गाउँपालिकाले विगत केही वर्षदेखि लोक सेवा तयारी कक्षा सञ्चालन गरेको र सोबाट राम्रो नतिजासमेत आएको उनको जिकिर छ ।