close

‘हाम्रो महाभारत’ अनुमोदन

‘हाम्रो महाभारत’ अनुमोदन

Trulli
ADVERTISEMENT

काभ्रे- महाभारत गाउँपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो महाभारत’ पारित भएको छ । गाउँ कार्यापलिकाको बैठकले अनुमोदन गरेको     शिक्षा शाखाका प्राविधिक सहायक जन्मराज शर्माले बताए । 

स्थानीय पाठ्यक्रम मस्यौदा समितिले तयार पारेको सो पाठ्यक्रमलाई फागुन २ गते बसेको कार्यपालिका बैठकबाट अनुमोदन भएको हो । यसअघि गाउँ शिक्षा समितिबाट पास भएर आएपछि कार्यपालिकाले अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रम फाइनल भएर कार्यान्वयनमा लैजानुअघि गाउँपालिकाले स्थानीयसँग महत्त्वपूर्ण र रचनात्मक सुझावको माग गरेको छ । कुनै परिमार्जन गर्नुपर्ने विषय हुनसक्ने भएको हुँदा सुझाव माग गरिएको शिक्षा शाखाले जनाएको छ । 

महाभारत गाउँपालिका, शिक्षा शाखाका अनुसार ‘हाम्रो महाभारत’मा यहाँको पर्यटन, शिक्षा, संरचना, स्वास्थ्य, सामाजिक संस्था, संस्कृतिक तथा प्राकृतिक सम्पदा, शहीदहरू, पशुपालन र विपद व्यवास्थापन समेटिएको छ । त्यस्तै गंगा रानी, तातो आलु र मुसो बिरालोजस्ता स्थानीय खेलहरू पनि समेटिएको छ ।