close

शिक्षकलाई स्वेच्छिक बिदाइका लागि ५ लाख

शिक्षकलाई स्वेच्छिक बिदाइका लागि ५ लाख

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाउँपालिकाले कार्यावधि पुगेर अवकाश नलिएका शिक्षकलाई 'स्वर्णिम शिक्षक अवकास' (गोल्डेन ह्यान्डशेक) योजना ल्याएको छ । नयाँ शिक्षकहरूलाई अवसर र पुरानालाई आराम दिनको लागि गाउँपालिकाले ‘गोल्डेन ह्यान्डशेक’को अवधारणा ल्याएको हो ।

गाउँपालिकाले सेवा निवृत्त हुन बाँकी रहेका शिक्षकलाई लक्षित गरी साे कार्यक्रम ल्याएकाे हाे । गाउँपालिकाले उमेर हदको हिसाब गरी गोल्डेन ह्यान्डशेक दिने जनाइएकाे छ । कार्यक्रममार्फत अवकाश लिन चाहने शिक्षकलाई गाउँपालिकाले  एक लाखदेखि ५ लाख रुपैयाँसम्म योगदानबापतको रकम दिएर  शिक्षण पेशाबाट बिदाई गरिने पालिकाका अध्यक्ष हिदम लामाले पालिकाखबरलाई बताए ।

उनका अनुसार पुरानालाई सम्मानका साथ अवकास दिएर नयाँहरूलाई अवसर दिनको लागि यो स्वर्णिम योजना ल्याइएको हो । जसका लागि इच्छुक शिक्षकहरूले फागुन १८ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ । 

गाउँपालिकाले स्वेच्छिक रुपमा अवकास लिने शिक्षकहरूलाई तीन तहमा विभागन गरेको छ । गाउँपालिकाका अनुसार २०८२ साल बैसाखदेखि चैतसम्म अवकास लिनेहरूलाई एक लाख, २०८३ बैसाखदेखि २०८५ चैतसम्म अवकास लिनेका लागि एक लाखका साथै अनिवार्य अवकास हुन बाँकी रहेको अवधिको हिसाब गरी मासिक १० हजारका दरले थप रकम दिइनेछ । यो अवधि क्याल्कुलेशन गर्दा अधिकतम ४ लाख ६० हजार रुपैयाँसम्म शिक्षकहरूले पाउछन् । 

साथै २०८६ साल बैसाखदेखि अवकास लिनेका लागि ५ लाख रुपैयाँ दिने शिक्षा शाखाकी प्राविधिक सहायक भावना अधिकारीले बताइन् । स्वर्णिम अवकास कार्यविधि २०७९ अनुसार  उनीहरूलाई स्वेच्छिक अवकासम्बन्धी सूचना प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ ।