close

सिद्धलेकमा माध्यमिक तहस्तरीय शैक्षिक सामाग्री प्रदर्शन

सिद्धलेकमा माध्यमिक तहस्तरीय शैक्षिक सामाग्री प्रदर्शन

Trulli
ADVERTISEMENT

धादिङ– सिद्धलेक गाउँपालिकामा बिहीबार शैक्षिक सामाग्री प्रदर्शन भएको छ । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुबाट निर्मित माध्यमिक तहस्तरीय शैक्षिक सामाग्री प्रदर्शन भएको हो । 

गाउँपालिकाभित्रका चार वटा माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक सामाग्री प्रदर्शनमा सहभागिता जनाएको पालिका अध्यक्ष परशुराम खतिवडाले बताए । उनका अनुसार विद्यार्थीले ‘लो कस्ट’मा आधारित विज्ञानसँग सम्बन्धित सामाग्री प्रदर्शन गरेका हुन् । 

प्रदर्शन गरिएका मध्ये उत्कृष्ट प्रदर्शनीलाई जिल्लामा प्रतिस्पर्धाका लागि पढाएको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘जिल्लामा विज्ञान प्रर्दशनीमा गाउँपालिकाले एउटा विद्यालय पठाउनुपर्ने भएकाले शैक्षिक प्रदर्शनी कार्यक्रम सञ्चालन गरेका हौँ ।’

जिल्लामा आज भइरहेको प्रदर्शनीमा भाग लिन गाउँपालिकामा उत्कृष्ट बनेको सत्यवती माध्यमिक विद्यालयले पालिकाको प्रतिनिधित्व गरेको उनले बताए । वडा नं ७ स्थित विद्यालयबाट दुई जना विद्यार्थी र एक जना शिक्षकले जिल्लास्तरीय प्रदर्शनीमा भाग लिन गएको उनले जानकारी दिए । 

साथै प्रदर्शनीमा सहभागी सम्पूर्ण विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको अध्यक्ष खतिवडाले बताए ।