close

केराबारीमा लोक सेवा तयारी कक्षा सुरु

केराबारीमा लोक सेवा तयारी कक्षा सुरु

Trulli
ADVERTISEMENT

मोरङ- केराबारी गाउँपालिकामा लोकसेवा तयारी कक्षाको सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ तथा उपाध्यक्ष मनमाया मगरले उदघाटन गरेसँगै कक्षा सुरु भएको हो । 

उर्जा सामुदायिक संस्था आयोजना र केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा तयारी कक्षा सञ्चालन गरेको हो । कक्षामा स्थानीय २५ जनाको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । 

लोक सेवा तयारी कक्षा ४५ दिनसम्म सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ । कक्षामा लोक सेवा तयारीसम्बन्धी वस्तुगत तथा विषयगत पाठ्यक्रमबारे सिकाइने गाउँपालिकाले जनाएको छ ।