close

तलब खाने निहुँमा शिक्षकद्वारा नै विद्यार्थीकाे परीक्षामाथी खेलवाड

तलब खाने निहुँमा शिक्षकद्वारा नै विद्यार्थीकाे परीक्षामाथी खेलवाड

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक दिन ढिलाेगरी बार्षिक परिक्षा शुरु भएको छ । चैत्र १ गतेदेखि संचालन गर्नुपर्ने परिक्षा शुक्रवारदेखि मात्रै शुरु भएको हाे । कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा शिक्षक कर्मचारीको आन्दोलनका कारण राेकिएकाे थियाे । पालिकासँग तलब पाउने सहमती भएसँगै परिक्षा शुरु गरीएको हो । 

फतुवा विजयपुर नगरपालिकाको ३२ विद्यालयमा कार्यरत २०४ जना शिक्षक कर्मचारी र नगरपालिका लगायत अन्य गरी ३५० जना कर्मचारीले गत साउन देखि हालसम्म तलब पाएका थिएनन्। तलबको माग गर्दै बुधवार देखि नगरपालिका अगाडी धर्नामा बसेका शिक्षकहरूले वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लगायत शिक्षक कर्मचारीबिचको बार्तापछि सहमती भएसँगै परिक्षा संचालन गरीएको हो । 

कार्यवाहक नगर प्रमुख खातुनले  आगामी चैत  ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने भएकाले बार्षिक परिक्षा अवरुद्ध नगर्न आग्रह गरेकाे पालिकाखबरलाइ बताइन् । ६ हजार बालबालिकाको भविष्य जोडिएको भएकाले एक दिन ढिलो गरेर भएपनिे कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्न फतुवा विजयपुरका शिक्षकहरूलाई सबैले दवाव दिएका थिए । 

फतुवा विजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्  ।  कार्यवाहक मेयर खातुनले शिक्षा जस्तो समबेदनशिल क्षेत्रमा राजनीति र आन्दोलन नसुहाउने भएकाले आगामी दिनमा बन्द हड्ताल जस्ता कार्यक्रमहरु नगर्न नगराउन सबैलाई आग्रह समेत गरेकी छन् ।।