close

बञ्चरेडाँडामा अश्रुग्याँस र हवाईफायर

बञ्चरेडाँडामा अश्रुग्याँस र हवाईफायर

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरीले  बञ्चरेडाँँडामा अश्रुग्याँस र हवाईफायर गरेको छ । 

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको हो । प्रहरी प्रवक्ता दिनेशराज मैनालीले स्थानीयले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको बताए । 

यस्तै, धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतबाट आन्दोलनकारी लखेटे पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेका थिए ।