close

कीर्तिपुर नगरमा घरमै फोहोरको वर्गीकरण

कीर्तिपुर नगरमा घरमै फोहोरको वर्गीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले घरबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर उठाएको छ । 

नगरले बुधबारदेखि फोहोरको वर्गीकरण गरी उठाएको नगरपालिकाकी प्रवक्ता उपप्रमुख सुनिता शाक्यले जानकारी दिइन् । 

‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन,’ उपप्रमुख शाक्यले भनिन् ।