close

दिनदिनै तापक्रम घट्दा सावधानी अपनाउन आग्रह

दिनदिनै तापक्रम घट्दा सावधानी अपनाउन आग्रह

Trulli
ADVERTISEMENT

तापक्रम दिनदिनै घट्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको बताएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा विभागको अनुरोध छ ।

केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ डिग्री र अधिकमत तापक्रम २२ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ ।