close

उदयपुरमा दोस्रो चरणको खोप अभियान : जनप्रतिनिधिलाई धमाधम कोरोनाविरुद्धको खोप

उदयपुरमा दोस्रो चरणको खोप अभियान : जनप्रतिनिधिलाई धमाधम कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले सञ्चालन गर्दै आएको दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान आइतबारबाट उदयपुरमा सुरु भएको छ । जिल्ला अस्पतालबाट दोस्रो चरणको अभियान थालिएको हो ।

 

दोस्रो चरणको अभियानमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, निजामती कर्मचारी, न्याय सेवाका कर्मचारी, नेपाल प्रहरी, बैंकका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने लगाइने स्वास्थ्य कार्यालय उदयपुरका प्रमख मोहनप्रसाद सुवेदीले जानकारी दिए । 


२ देखि ८ फागुनसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप दिन लागेको हो ।

 

मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकालाई पनि यसै चरणमा खोप उपलब्ध गराइनेछ । दोस्रो चरणमा २ हजार २ सय डोज खोप लगाउने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । सरकारले १४ माघबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।