close

थप १४ जनामा कोरोना पुष्टि

थप १४ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं ।  देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कुल ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।