close

धरानका महिला स्वास्थ्य स्वंसेविकालाई लुम्बिनी साँस्कृतिकमा स्वागत

धरानका महिला स्वास्थ्य स्वंसेविकालाई लुम्बिनी साँस्कृतिकमा स्वागत

Trulli
ADVERTISEMENT

रुपन्देही। धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वंसेविका महिलाहरुलाई  लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा अवलोकन भ्रमणका लागी लुम्बिनी नगरपालिकामा पुगेका  १४१ जना धरानका महिला स्वास्थ्य स्वंसेविकालाई बिहिबार स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले धरान र लुम्बिनी विच असल सम्बन्ध कायम भएको बताइन्। महिला स्वास्थ्य स्वंसेविकाको क्षेत्रमा आगामी बजेटमा कार्यक्रम राख्ने गरि योजना तर्जुमा गरिने बताइन्। आगामी दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका १३१ जना महिला स्वास्थ्य स्वंसेविकाहरुलाई अवलोकन भ्रमण लैजाने कुरामा समेत उनले प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा अतिथिको रुपमा पसुगेकी धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका अध्यक्ष विजयकला राईले साच्चीकै लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएको बताइन्। भगवान गौतम बुद्धको जन्मभुमि ल्ुम्बिनीको पवित्र भुमिको अवलोकन गर्न पाउदा खुशी लागेको बताउदै राईले महिला स्वास्थ्य क्षेत्रमा धरानले काम गरेको बारे जानकारी समेत गराइन्।