close

शिवराजका स्थानीयलाई नि:शुल्क रगत

शिवराजका स्थानीयलाई नि:शुल्क रगत

Trulli
ADVERTISEMENT

कपिलवस्तु – शिवराज नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र रुपन्देही जिल्ला शाखासँग सम्झौता गरी निःशुल्क रगत उपलब्ध गराउन लागेको हो ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरपालिकाले रेडक्रसलाई अनुदान सहयोग बापत २ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

नगपालिकाका स्थानीय बासिन्दा, कर्माचारीहरुलाई आवश्यक परेको बेलामा निशुल्क रगत उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम प्रदान गरिएको नगर प्रमुख अजय थापाले बताए ।

निःशुल्क रगतको सेवा लिनु परेमा नगरवासिको हकमा नागरिकता, चालक अनुमतीपत्र, स्थानीय भएको प्रमाण वा सिफारिसपत्र र कर्मचारीको हकमा कर्मचारी परिचयपत्र उपलब्ध गराउनु पर्ने .रेडक्रस शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।

सम्झौता अनुसार नगरपालिकाले हरेक वडामा वर्षिक २ पटक रक्त संकलन शिविर संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।