close

पालिकामा उपचार हुन नसकेका गर्भवती र सुत्केरीलाई पालिकाको यातायात खर्च

पालिकामा उपचार हुन नसकेका गर्भवती र सुत्केरीलाई पालिकाको यातायात खर्च

Trulli
ADVERTISEMENT

बैतडी– पञ्चेश्वर गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई यातायात खर्च उपलब्ध गराउने भएको छ । पालिकाभित्रका बर्थिङ सेन्टरमा उपचार हुन नसकेका गर्भवती तथा सुत्केरीलाई रिफर गरी पालिका बाहिर उपचारमा लैजानु परेको अवस्थामा पालिकाले यातायात खर्च उपलब्ध गराउन लागेको हो । 

स्वास्थ्य संस्थाबाट रिफर भएको कागजात र एम्बुलेन्सको बिलसहित स्वास्थ्य शाखामा निवेदन दिएमा यातायात खर्च उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

तर, गाउँपालिकासँग एम्बुलेन्स नभएको पालिकाकी सिनियर अनमी निरीक्षक लक्ष्मी भट्टले बताइन् । कुनै एम्बुलेन्स वा व्यक्तिगत साधनको प्रयोग गरेर जाँदा त्यसको खर्च उपलब्ध गराउने निर्णय गरेको उनले पालिकाखबरलाई बताइन् । 

उनको अनुसार पालिकाभित्र सामुदायिक ४ वटा र संस्थागत ६ वटा गरेर १० वटा बर्थिङ सेन्टर छन् । ती बर्थिङ सेन्टरमा ‘नर्मल डेलिभरि’ मात्र सम्भव रहेको उनले जानकारी दिइन् । गर्भवतीलाई कुनै जटिल समस्या भएमा वा शल्यक्रियामार्फत प्रसूति गराउन भने अस्पताल नरहेको उनले बताइन् । 

‘दश शय्याको अस्पताल  बनाउने तयारी छ । ठेक्का लागिसक्यो तर काम सुरु भएको छैन,’ उनले भनिन् । त्यसैले स्वास्थ्य संस्थालाई जटिल उपचारको लागि पालिकाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।