close

‘जिरो होम डेलिभरि’मा पाटन ९८ प्रतिशत सफल

‘जिरो होम डेलिभरि’मा पाटन ९८ प्रतिशत सफल

Trulli
ADVERTISEMENT

बैतडी– पाटन नगरपालिकामा गत आर्थिक वर्षभित्र ३७३ महिलाले वर्थिङ सेन्टरबाट सेवा लिएका छन् । नगरपालिकाभित्र रहेका २१ वटा बर्थिङ सेन्टरबाट उनीहरू लाभाम्वित भएका नगरपालिकाले जनाएको छ । 

भौगोलिक विकटताका कारण नगरपालिकाको कैलपाल र उपल्लाबाटुला गाउँका स्थानीयलाई भने केही समस्या छ । ती २ गाउँबाट बर्थिङ सेन्टरमा आइपुग्न कम्तीमा एक घण्टा लाग्ने गरेको स्वास्थ्य शाखा अधिकृत मदन सिंह महराले पालिकाखबरलाई बताए । 

नगरपालिकाले हजारदिने आमाको सुरक्षा र सहजताको लागि प्रभावकारी सेवा दिइरहेको नगरपालिकाको दाबी छ । नगरपालिकाका अनुसार सो अवधिम १३७ जनाले जिल्ला बाहिर र ७ जनाले घरमै बच्चा जन्माएका थिए ।