close

बुद्धभूमिमा स्वास्थ्य शिविर सम्पन्न

बुद्धभूमिमा स्वास्थ्य शिविर सम्पन्न

Trulli
ADVERTISEMENT

कपिलवस्तु- बुद्धभूमि नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर-२ को गौतम बुद्ध माविमा शुक्रवार काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा १६ जना विशेषज्ञ चिकित्सक खटिएका थिए । 

शिविरमा दुई हजार बढी बिरामीको चेक जाँच गरिएको थियो । मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको उपचार गरिएको थियो । 

निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरु समेत पहिलो पटक उपचारका लागि आएका बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । थप उपचार र अप्रेसन गर्नुपर्ने बिरामीलाई शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्ने बताइएको छ ।