close

सिकलसेल न्यूनीकरणका लागि बाँकेका दुई पालिकाबीच सहमति

सिकलसेल न्यूनीकरणका लागि बाँकेका दुई पालिकाबीच सहमति

Trulli
ADVERTISEMENT

बाँके -  सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रण गर्न बाँकेका दुई पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् । थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सो रोग पहिचान र नियन्त्रणमा समन्वय र सहकार्य गर्नको लागि कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाविच सहमति भएको हो । 

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाविच सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रणमा समन्वय र सहकार्य गर्नेसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  

सहमतिमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटासहितको टोलीले हस्ताक्षर गरेका छन् ।  

दुबै पालिकामा सो रोगको अवस्था भयावह भएकोले समाधानको लागि सहमति भएको जनाइएको छ । सहमति भएसँगै राप्तीसोनारी गाउँपालिकाबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण गरिनेछ । रक्त नमुना जाँचका लागि नमुना संकलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई राप्तीसोनारीले उपलब्ध गराउने भएको छ । 

कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार सिकलसेल एनिमियाको रक्त नमुना परीक्षणमध्ये १०० जना भन्दा बढी सिकलसेल तथा थालेसिमियाका बिरामी भेटिएका छ , यस्तै राप्तीसोनारीमा तीन हजार ३५० नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी र एक जनामा थालेसिमिया देखिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।