close

यशोधरामा नि:शुल्क स्वास्थ्य शिविर

यशोधरामा नि:शुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

कपिलवस्तु– यशोधरा गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले २ दिने जेष्ठ नागरिक चेकजाँच तथा उपचार शिविर सञ्चालन गर्न लागेकाे हाे ।

वैदौली कपिलवस्तुको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्स रानीगाउँ भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 शिविर यही पुस २७ गते शुक्रबार र २९ गते शनिबार जनसेवा आधारभूत विद्यालयमा विहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुन लागेकाे हाे । सो शिविरमा सामान्य चेक जाँच, कान, घाँटी हाड जोर्नी र स्त्री रोगको विशेषज्ञ सेवासमेत उपलब्ध हुनेछ ।