close

दीर्घरोगीलाई औषधि उपचारमा २५ प्रतिशत अनुदान

दीर्घरोगीलाई औषधि उपचारमा २५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

डोल्पा– ठुलीभेरी नगरपालिकाले दीर्घरोगीकाे उपचारका लागि सहयोग गर्दै आएको छ । नगरपालिकाले दीर्घरोग लागेका बिरामीलाई २५ प्रतिशत सहयोग गर्दै आएको हाे ।

नगरपालिकाले दीर्घरोगीकाे उपचारका लागि आवश्यक कूल खर्चमध्ये २५ प्रतिशत पालिकाले नै व्यहोर्ने नगर प्रमुख श्वबर्ण कुमार बुढाले बताए । हालसम्म नगरपालिकाले दीर्घरोग लागेका ३० जना स्थानीय बासिन्दालाई सहयाेग गरिसकेकाे उनले पालिकाखबरलाई बताए ।

तर पालिका क्षेत्रमा दीर्घराेगकाे उपचार गर्ने स्वास्थ्य स‌ंस्था नै नभएकाे उनले सुनाए । 'स्थानीयस्तरमा दीर्घरोगको उपचार सम्भव छैन  ।यसका लागि राजधानी वा आफूलाई पायक पर्ने ठाउँमा गएर उपचार गर्नुपर्छ,' उनले भने । साेका लागि लाग्ने खर्चमध्ये २५ प्रतिशत नगरपालिकाले सहयोग गर्दै आएको नगरप्रमुख बुढाले बताए । 

'स्वास्थ्य उपचारमा सरकारले तोकेको मापदण्ड अनुसार नगरपालिकाले २५ प्रतिशत व्यहोर्ने नगरपालिकाको निर्णय भएकोले आर्थिक सहयोग गरेका हौँ,' उनले भने ।

नगरपालिकाले विगत तीन वर्षदेखि साे कार्यक्रम सञ्चालन गर्दै आएकाे छ । पालिकाले चालु आवमा  १० लाख रुपैँया बजेट विनियोजन गरेको उनकाे भनाइ छ ।