close

बबईमा निःशुल्क एम्बुलेन्स सेवा

बबईमा निःशुल्क एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

दाङ - बबई गाउँपालिका वडा नम्बर ३ ले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले गर्भवती महिला, ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई लक्षित गरी सो सेवा सञ्चालनमा ल्याएको हो । 

वडा नम्बर ३ को पुरन्धारा स्थास्थ्य चौकीका इन्चार्ज शरदराज गिरीका अनुसार वडा सरकारले यही माघ ८ गतेदेखि लागू हुने गरी सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमअनुसार वडाबाट उपचार गर्न तुलसीपुर उपमहानगरपालिका र जिल्लाभरी जुनसुकै स्थानसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार स्वास्थ्य चौकीबाट प्रसुति गराउन नसक्ने अवस्थाका गर्भवती महिलालाई सो सेवा दिने छ । साथै स्वास्थ्य चौकीले सेवा दिन नसकेको अवस्थामा मात्रै सो कार्यक्रम लागू हुने उनको भनाइ छ ।

६० वर्ष नाघेका ज्येष्ठ नागरिक, अपांगता भएका 'क' र 'ख' समूह तथा सुत्केरी महिलाले मात्रै सो सेवा पाउने उनले सुनाए । सोबाहेक अन्य स्थानीयले एम्बुलेन्सको लागि शुल्क तिर्नुपर्ने उनले जानकारी दिए । 

गाउँपालिकाको स्वास्थ्य संयोजक हरिबहादुर खड्का अनुसार वडा नम्बर ३ले पहिलो पटक सो सेवा सञ्चालनमा ल्याएको हो ।