close

‘उपाध्यसँग सुत्केरी कार्यक्रम’लाई निरन्तरता दिँदै गन्यापधुरा

‘उपाध्यसँग सुत्केरी कार्यक्रम’लाई निरन्तरता दिँदै गन्यापधुरा

Trulli
ADVERTISEMENT

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकाले ‘उपाध्यसंग सुत्केरी कार्यक्रम’लाई निरन्तरता दिँदै आएको छ । गाउँपालिकाले सुत्केरी भएका महिला तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्न सो  कार्यक्रम निरन्तर गरेको हो ।

‘सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम’मार्फत् आर्थिक वर्ष २०७६/७७ मा सुत्केरी महिला तथा नवजात शिशुलाई पोषिलो खाना दिएको थियो । आव २०७७/७९ मा एक हजार रुपैयाँ दिएको स्वास्थ्य निरीक्षक बासुदेव न्यौन्यालले बताए । 

चालु आवमा एक हजार ५00 रुपैयाँका दरले सुत्केरी महिलालाई गरेको निरीक्षक न्यौन्यालले पालिकाखबरलाई जानकारी दिए । गाउँपालिकाअन्तर्गतका ५ वडामा उक्त कार्यक्रम लागु गरिदै आएको छ ।

खोपका आधारमा सुत्केरी महिलालाई पैचालिस दिनभित्रमा वडा नं. १ का २३ जना, वडा नं. २ का १८ जना, वडा नं. ३ का ३३ जना वडा ४ का २१ जना र वडा ५ का २२ जना गरी १ सय १७ जनालाई रकम उपलब्ध गराउँदै आएको निरीक्षक न्यौन्यालको भनाइ छ ।

गाउँपालिकाका हरेक वडाका सुत्केरी महिला र नवजात शिशुलाई बानी बसाउन ‘उपाध्यक्षसंग सुत्केरी कार्यक्रम’लाई निरन्तरता दिएको उपाध्यक्ष ज्ञानु कुमारी सेटी देउवाले बताइन् । उनीहरुलाई एक हजार ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।‘उपाध्यक्षसँग सुत्केरी कार्यक्रम’ का लागि तीन लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ ।