close

निःशुल्क शिविरबाट ६२१ जना लाभान्वित

निःशुल्क शिविरबाट ६२१ जना लाभान्वित

Trulli
ADVERTISEMENT

इलाम - रोङ गाउँपालिकाको निःशुल्क स्वास्थ्य शिविरबाट ६०० भन्दा बढि स्थानीय बासिन्दा लाभान्वित भएका छन् । गाउँपालिकाले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६२१ जना लाभान्वित भएको पालिकाको स्वास्थ्य अधिकृत युवराज काफ्लेले  पालिकाखबरलाई बताए । 

गाउँपालिकाको रोगको खोजी कार्यक्रम अन्तर्गत सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनको भनाइ छ  । गाउँपालिकाले रोटरी क्लब अफ सुरुङ्गा, रोटरी क्लब अफ विर्तामोड, नेपाल हाट फाउण्डेशनलागयत विभिन्न १० वटा संस्थाको साझेदारीमा स्वास्थ्य शिविर सञ्चालन गर्न गरेको हो । 

गाउँपालिकाले वडा नम्बर १ र २ लाई लक्षित गरी वडा नम्बर २ मा शिविर सञ्चालन गर्नेको उनको भनाइ छ । यसअघि वडा नम्बर ५ र ६ लाई लक्षित गरी शिविर सञ्चालन गरेको गाउँपालिकाले अब ३ र ४ लाई लक्षित गरेर पुन शिविर गर्ने जनाइएको छ ।