close

निःशुल्क आँखा शिविर सञ्चालन गर्दै दुप्चेश्वर

निःशुल्क आँखा शिविर सञ्चालन गर्दै दुप्चेश्वर

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाले आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको हो ।

जिल्ला सामुदायिक आँखा केन्द्र, समुन्द्रटार बजारमा चैत १ गते बिहान १० बजेदेखि २ बजेसम्म आँखा शिविर सञ्चालनमा हुने जनाइएको छ । मधुमेहको कारण आँखाको पर्दा तथा दृष्टिमा पर्ने असरसम्बन्धि सचेतनासहित आँखाको जाँच र उपचार गर्न गाउँपालिकाले शिविर सञ्चालन गर्न लागेको जनाएको छ । 

शिविरमा मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुको जाँच गरिने तथा आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिनेछ । चस्मा आवश्यक परेमा विशेष छुटका साथ बिक्री गरिने तथा मधुमेहका कारणले आँखामा समस्या भएका बिरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठानमार्फत छुटसहित उपचार गर्न सकिने एक सूचना जारी गर्दै गाउँपालिकाले जानकारी दिएको छ ।